शनिवार, आश्विन १७ गते २०८३

‘जेनजी मन्त्री’ भनेर प्रचारित नामप्रति मिराजको प्रश्न - उहाँहरूलाई कुन जेनजीले सिफारिस गरेको हो ?

शनिवार , आश्विन २५, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तारको कसरत गररहँदा ‘जेनजी मन्त्री’ का रूपमा प्रचार गरिएका नामप्रति जेनजी अगुवा मिराज ढुंगानाले आपत्ति जनाएका छन् ।

आफूहरूसँग सल्लाहबिना ‘जेनजी मन्त्री’ तय गरिएको भए त्यो स्वीकार्य नहुने उनको भनाइ छ । ढुंगानाले अहिलेसम्म जेनजीबाट कसलाई मन्त्री बनाउने भनेर आफूहरूसित छलफल नगरिएको बताए । नले भने, ‘उहाँहरूलाई कुन जेनजीले सिफारिस गरेको हो थाहा भएन । आन्दोलनमा कुनै भूमिका नभएकाहरूलाई कदापी स्वीकार गर्दैनौं ।’

ढुंगानाले प्रधानमन्त्रीसँग आफूले यस विषयमा कुरा राख्ने बताए । जेनजीबाट मन्त्री बनाउन लागिएको र सोमबार सपथ खुवाउने तयारी गरिएका भन्दै चार युवायुवतीको नाम हिजो केही मिडियाबाट प्रवाहित गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार