आइतवार, कार्तिक ९ गते २०८३

निर्दोष व्यक्ति फसाउन खोज्दा आफै फसे रौतहटका प्रहरी प्रमुख शाह, जिम्मेवारीबाट हटाउने तयारी

मंगलवार , भाद्र ८, २०७८

काठमाडौं । निर्दोष व्यक्तिलाई लागु औषध मुद्धामा फसाउन खाजेको घटनामा रौतहटका प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाइने भएको छ । निर्दोष पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरिएको प्रकरणमा शाहको संलग्नताबारे छानविनका लागि उनलाई जिम्मेवारीबाट हटाउने तयारी गरिएको हो ।

उनको ठाउँमा नयाँ एसपी पठाउने तयारी प्रहरी प्रधान कार्यालय, नक्सालले गरेको छ । उनलाई छानविनका लागि प्रदेश प्रहरी कार्यालयमा तान्ने तयारी भएको छ । मुख्य योजनाकार भनिएका सहनीलाई एसपी शाहले फोन गरेर ‘हिजो काम भएछ नी त है’ भनेको अडियो सार्वजनिक भएको थियो ।

कुराकानीको सुरुवातमा उनले ‘एक्लै हो’ भनेर प्रश्न पनि गरेका थिए । यसले पूर्वयोजना अनुसार शाहको पनि घटनामा संलग्नता रहेको हुनसक्ने आशंका गरिएको छ । घटनामा शाहको संलग्नताबारे छानविन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण महतको नेतृत्वमा ४ सदस्यीय समिति बनाइएको छ ।

घटनामा एसपी शाहको संलग्नता रहे नरहेकोबारे छानविन गरेर प्रहरी महानिरीक्षकलाई प्रतिवेदन बुझाउनेछ । प्रकरणमा संलग्न प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाह निलम्बनमा परिसकेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार