राउतले जनमत पार्टी विभाजन हुनु कुनै नयाँ घटना नभएको पनि बताए । ‘पार्टी फोड्नेहरूसँग मेरो कुनै गुनासो छैन, बरु भनेको भए माला लगाएरै बिदाइ गर्थेँ’, उनले भनेका छ । पार्टी सत्तामा पुगेपछि नेताहरूमा बढेको महत्त्वाकाङ्क्षाले विवाद उत्पन्न भएको राउतको भनाइ छ ।
राउतले आफूलाई जनतामाथि विश्वास रहेको बताउँदै ‘जनताले जे निर्णय गर्छ, त्यसलाई नै स्विकार्ने उल्लेख गरेका छन् । ‘कोही पार्टी छोडेर गयो भनेर केही फरक पर्दैन’, उनले भनेका छन् ।
विगत एक वर्षदेखि विभिन्न शक्ति केन्द्रले पार्टी फुटाउन प्रयत्न गरिरहेको उनले दाबी गरे । कसैको उक्साहटमा पार्टी विभाजन गरेर धेरै दिनसम्म पार्टीमा टिक्न नसक्ने बताउँदै उनले आफ्नो लागि यो नयाँ कुरा नरहेको बताए ।