तर, जेनजी युवाहरूबीच नै कसले नेतृत्व गर्ने भन्ने विषयको विवाद नटुुंपगिएकाले सोमबार हुने भनिएको छलफल अनिश्चित बनेको हो।
थरिथरी जेनजीका कारण सरकार र राष्ट्रपतिलाई पनि समस्या भएको छ । शनिबार पनि १७ जना सहभागी हुने भनिएकामा २० जना सहभागी भएका थिए। तर, केही युवाहरुले वार्तामा बसेका सबै अमेरिकी युथ काउन्सिलसँग जोडिएका पात्र भएकाले आफूहरू असली जनेजी भएको दाबीसहित राष्ट्रपति निवास अगाडि नाराबाजी गरेका थिए।
त्यसयता सरकारमा कसलाई पठाउने भन्नेबारे उनीहरुबीच विवाद भएको छ। प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार जेनजीहरूबीचको विवाद नमिल्दा सोमबारका लागि तय भएको छलफल स्थगित गरिएको छ।