शनिवार, आश्विन १७ गते २०८३

एजेन्डामा सहमति नजुटेपछि मंगलबारसम्मका लागि सर्‍यो कांग्रेस कार्यसम्पादन समिति बैठक

सोमवार , आश्विन २७, २०८२

काठमाडौं । केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने एजेन्डामा सहमति नजुटेपछि नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबारसम्मका लागि सारिएको छ ।

सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी सारिएको हो । गत बुधबार र बिहीबार शीर्ष नेताहरूको बैठकयता लगातार बसिरहेको कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेन्डाका विषयमा सहमति जुट्न सकिरहेको छैन् ।

आइतबारदेखि बस्ने भनिएको केन्द्रीय समिति बैठक मंगलबार दिउँसो एक बजेका लागि सारिएको छ । त्यो बैठक भने यथावत् रहेको छ ।

नियमित महाधिवेशन मङ्सिरभित्रै हुनुपर्ने र हुन नसक्ने फरक फरक धारणाका कारण कुरा मिल्न नसकेको नेताहरूले बताइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार