काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवशेनको माग गर्दै संकलित हस्ताक्षर मंगलबार पेश गरिने भएको छ ।
मंगलबार बस्ने केन्द्रीय समिति बैठक अघि हस्ताक्षर पेश गरिने भएको हो । केन्द्रीय कार्यसमिति बैठक भन्दा अगाडि दर्ता गरिसक्नु पर्ने छ । तर, आजलाई भने स्थगित गरिएको छ । ५१ प्रतिशत महाधिवशेन प्रतिनिधिको हस्ताक्षर पेश गरिने भएको छ ।
विशेष महाधिवशेनका लागि हस्ताक्षरको अगुवाई गरिरहेका नेता गुरुराज घिमिरेले पहिलो प्राथमिकता मंसिरभित्र नियमित महाधिवशेनकै पक्षम आफूहरु रहेको बताएका छन् । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवशेनमा जानुपर्ने उनले बताएका छन् ।
उनले भने, ‘नियमित गर्नुभएन भने स्वतः विशेष महाधिवेशन त बोलाउन परिहाल्यो नि । तर, उहाँहरुले कुनै बेला पनि षड्यन्त्र र जालझेल गर्न सक्नुहुन्छ ।’