आइतवार, श्रावण २४ गते २०८३

प्यालेस्टिनी विद्रोही समूह हमासले जीवित रहेका २० जना बन्धकलाई रिहा गर्यो

सोमवार , आश्विन २७, २०८२

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले आफूसँग रहेका २० जना जीवित सबै बन्धकलाई रिहा गरेको छ ।

हमासले विज्ञप्ति निकालेर सन् २०२३ को अक्टुबर ७ तारिखमा इजरायल आक्रमणका क्रममा बन्धक बनाएकामध्ये जीवित रहेका बाँकी २० जना सबैलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिको जिम्मा लगाएको जनाएको छ । इजरायल आक्रमणका क्रममा अपहरणमा परेका २ सय ५१ मध्ये विभिन्न चरणमा जीवित तथा शव जिम्मा लगाएर ४७ जना बाँकी थिए ।

१ जना अघिल्लो युद्धका सैनिकसमेत गरी यस पटक ४८ जना सबैलाई रिहा गर्न हमास सहमत भएको हो । ४८ मध्ये २० जना जीवित रहेका हुन् । २६ जनाको ज्यान गइसकेको र उनीहरुको अवशेष हस्तान्तरण गर्ने हमासले बताएको छ । नेपालका विपिन जोशीसहित बाँकी २ जनाको अवस्था अझै थाहा हुन सकेको छैन् ।

इजरायलको सेनाले विपिन जीवित रहेको कुनै प्रमाण नभेटिएको बारेमा औपचारिक जानकारी दिएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार