शनिवार, आश्विन १७ गते २०८३

म प्रधानमन्त्री भएको २४ घण्टामा ४ सय भ्रष्टाचारी पृथ्वीमा हुँदैनथे : दुर्गा प्रसाईं

सोमवार , आश्विन २७, २०८२

काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले आफू प्रधानमन्त्री भएको भए २४ घण्टाभित्रै ४ सय जना भ्रष्टाचारीलाई कारबाही गर्ने अभिव्यक्ति दिएका छन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । वर्तमान सरकारले भ्रष्टाचारीलाई छुन पनि नसकेको आरोप लगाउँदै प्रसाईंले यो सरकार डलरमा आएको र यसमा सत्यता नभएको आरोप लगाएका छन् ।

आफू प्रधानमन्त्री भएको खण्डमा भ्रष्टाचारीहरुलाई कुनै हालतमा नछोड्ने बताउँदै उनले भने, ‘म प्रधानमन्त्री भएको २४ घण्टामा, ४ सय भ्रष्टाचारी पृथ्वीमा हुँदैनथे ।’ जेन–जी आन्दोलनका कारण थप रक्तपात हुन सक्ने देखेर आफूले सरकार नचाहेको उनको भनाइ थियो ।

उनले भने, ‘जेन(जीले फेरि आन्दोलन गरेपछि अरु रक्तपात हुन्छ भनेपछि मैले मलाई यो सरकार चाहिँदैन भनेँ । अहिलेको सरकार त टिक्दै टिक्दैन ।’

सोही क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीप्रति लक्षित गर्दै विवादास्पद र आपत्तिजनक टिप्पणी समेत गरेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार