काठमाडौँ । हमासले नेपाली विद्यार्थी विपीन जोशीको मृत्यु भइसकेको पुष्टि गरेको छ । हमासको सैन्य शाखा अल–कसम ब्रिगेडले इजरायललाईजोशीसहित चार जना बन्धकका शव फिर्ता गर्ने समेत बताएको छ ।
हमासले विज्ञप्ति जारी गर्दै उनीहरूको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरेको छ । फिर्ता गरिने चार बन्धकका शवमा जोशी र इजरायली नागरिकहरु गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन् ।
हमासले अन्तर्राष्ट्रिय रेड क्रसको समन्वयमा सोमबार नै शवहरू इजरायली पक्षलाई हस्तान्तरण गरिने जनाएको छ।
इजरायली सुरक्षा अधिकारीहरूले पनि रेड क्रसमार्फत शवहरू प्राप्त गर्ने तयारी भइरहेको पुष्टि गरेका छन्।