शनिवार, आश्विन १७ गते २०८३

शेरबहादुर देउवा ३४ दिनपछि आज पहिलो पटक सार्वजनिक हुँदै

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दैछ ।

जेनजी आन्दोलनमा कुटिएका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि पहिलो पटक उक्त बैठकमार्फत सार्वजनिक हुन लागेका हुन् । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेगरी नेताहरुलाई बोलाइएको छ ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरु यो बैठकमा सहभागी हुन काठमाडौ पुगिसकेका छन् । गत भदौ २४ गते आफ्नै निवासमा देउवा दम्पतिमाथि जेनजीहरुले कुटपिट गरेका थिए । 

बुढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीबाट कुटिएपछि देउवा र उनकी श्रीमति आरजु राणा गम्भीर घाइते भएका थिए । उनीहरुमाथि आक्रमणसँगै घरमा आगजनी गरिएपछि आफन्तकोमा बस्दै आएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार