शनिवार, आश्विन १७ गते २०८३

केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेन्डामा देउवा, गगन र विश्वप्रकाशबीच छलफल, जुटेन सहमति

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । आजदेखि सुरु हुने केन्द्रीय समितिमा पेस गर्ने एजेन्डाबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल भएको छ ।

सभापति देउवासँग मंगलबार बिहान भएको छलफलमा केन्द्रीय समितिमा पेस गर्ने एजेन्डाबारे तीन नेताबीच सहमति जुट्न नसकेको एक नेताले जानकारी दिएका छन् । नियमित महाधिवेशन मंसिरमा हुने गरी कार्यतालिका ल्याउने अडानमा दुई महामन्त्री रहेका छन् ।

तीन नेताको छलफल पछि आजै बिहान ११ बजे कार्य सम्पादन समितिको बैठक बस्ने तयारी थियो । तर कार्य सम्पादन समितिको बैठक अहिलेसम्म पनि सुरु हुन सकेको छैन । सभापति देउवा निकट एक नेताका अनुसार केन्द्रीय समिति बैठकमा देउवा आएर आफ्नो वक्तव्य पढ्ने कार्यक्रम छ ।

बैठकमा प्रस्तुत गरिने एजेन्डामा सहमति नजुटेका कारण आजको बैठक स्थगित गरेर साझा एजेन्डा तय गर्न नेताहरू अनौपचारिक छलफलमा जुट्ने ती नेताले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार