काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २१ फागुनका लागि घोषित निर्वाचनका लागि भयरहित वातावरण नबनेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले मुलुकमा शान्ति सुरक्षाको ग्यारेन्टी नभएको बताएका हुन् । देउवाले भने, ‘सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेको छ । तर, स्वतन्त्र र निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन ।’
उनले थपे, ‘निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था बन्छ । यसतर्फ सरकारको ध्यान जाओस् ।’