शनिवार, आश्विन १७ गते २०८३

देउवाले कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई सुम्पिए

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएको घोषणा गरेका हुन् । देउवाले भने, ‘मेरो स्वास्थ्यको कारणले पार्टीको उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रूपमा काम गर्ने जिम्मेवारी सुम्पिएको छु, उहाँले पार्टीको हितअनुरूप काम गर्ने आशा लिएको छु ।’

सभापति देउवाले सम्बोधन गरिसकेलगत्तै आजको बैठक स्थगित गरिएको छ । पर्सि फेरि बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता खडकाले नै गर्ने महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि देउवा पहिलोपटक सार्वजनिक भएका हुन् ।

खड्कालाई कार्यवाहक उपसभापतिको जिम्मेवारी दिएर देउवा उपचारका लागि विदेश जाने तयारीमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार