इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई फोन गरी राष्ट्रपति हर्जाेगले दु:ख प्रकट गरेका हुन्। राष्ट्रपति हर्जाेगले मंगलबार अपराह्न राजदूत पण्डितलाई समवेदना प्रकट गर्न फोन गरेका थिए।
त्यसक्रममा हमासको कब्जामा रहेका विपिनको मृत्यु भएकोमा उनले दुख प्रकट गरेका थिए। इजरायल–हमास युद्धविरामसँगै हमासले सोमबार २० जना जीवित बन्दीहरू रेडक्रसमार्फत् इजरायललाई हस्तान्तरण गरेको थियो।
लगत्तै चार जना मृतक बन्दीहरूको शव पनि हस्तान्तरण गरियो, तिनमा नेपाली विद्यार्थी विपिन जोशीको शव पनि थियो। शव हस्तान्तरण गरिएको भोलिपल्टै राष्ट्रपति हर्जाेगले राजदूतावासमार्फत् समवेदनाका लागि फोन गरेका हुन्।