शनिवार, आश्विन १७ गते २०८३

सर्वोच्च अदालतमा संसद् विघटन विरुद्धका ४ मुद्दा दर्ता, भोलि पेशी

मंगलवार , आश्विन २८, २०८२

काठमाडौँ । सर्वोच्च अदालतमा संसद् विघटन र सरकार गठन सम्बन्धी रिट निवेदन दर्ता भएका छन् । अदालतले मंगलवारदेखि नियमित कामकाज सञ्चालन गरेसँगै पहिलो दिन ४ वटा रिट निवेदन दर्ता भएका हुन् ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले दर्ता भएका ४ वटै रिट निवेदनको पेशी बुधबारका लागि तोकिएको जानकारी दिए । प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठन प्रक्रिया विरुद्धका १० वटा रिट निवेदन दर्ताका लागि प्राप्त भए पनि हाल अध्ययनकै क्रममा रहेको जनाइएको छ ।

जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतको भवनमा आगजनी भएपछि अदालतको नियमित कामकारबाही १ महिनासम्म प्रभावित भएको थियो । मंगलबारदेखि अदालतले पुन: सुनुवाइ प्रक्रिया सुरु गर्दै संयुक्त इजलास सञ्चालन गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार