शनिवार, आश्विन १७ गते २०८३

प्रहरीले राजनीतिक दलहरूलाई भन्यो- झण्डा, व्यानरसहितको जुलुस, र्‍याली नगर्नुस्

बुधवार , आश्विन २९, २०८२

काठमाडौँ । प्रहरीले बैठक र विभिन्न सभा, समारोहका क्रममा मुख्य मुख्य राजनीतिक दललाई झण्डा, व्यानरसहित कुनै किसिमको सार्वजनिक गतिविधि नगर्न अनुरोध गरेको छ ।

सुरक्षा संवेदनशीलताका दृष्टिले त्यस्तो अनुरोध गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले बताए । मंगलबार नेपाली कांग्रेसले सानेपा, आज एमालेले भनिमण्डल र माओवादीले महालक्ष्मीस्थानमा आफ्ना भेला, बैठक गर्ने भएको छ । आज हुने एमाले बैठकको सुरक्षाका निम्ति प्रहरीले १५० जनशक्ति परिचालन गर्ने एसएसपी बोगटीले बताए ।

एमाले कार्यकर्ताले नेताहरूको स्कर्टिङ गर्ने क्रममा व्यानर, झण्डाको प्रदर्शन र नारा लगाउने कार्य नगर्न अनुरोध गरिएको उनले बताए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार