काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाहिर आफूलाई ‘सप्रिएन’ भनेर टिप्पणी गर्नेलाई जवाफ फर्काएका छन् ।
बुधबार एमालेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले सप्रिन बिग्रिएको हुनुपर्ने बताएका छन् । ओलीले भने, ‘बाहिर बाहरि अझै सप्रेन ओली भन्छन् । बिग्रेको हुनुपर्यो नि सप्रिन ।’ उनले आफ्नो पद फेसबुकले निर्धारण नगर्ने पनि बताएका छन् ।
ओलीले भने, ‘अध्यक्षले छोड्नुपर्छ भनेको सुन्छु, मैले हट्नुपर्छ कि पर्दैन फेसबुकले भन्ने होइन । यही पंक्तिले भन्ने हो ।’ केन्द्रीय कमिटीले दिने जुनसुकै आदेश आफूलाई मान्य हुने बताएका छन् । एमालेकै नेताहरूले बाहिर गएर ‘अखबारबाजी’ गरेको भन्दै ओलीले आक्रोश पोखेका छन् ।
ओलीले भने, ‘बाहिर गएर अखबारबाजी गरेर कतिपय साथीले बोकेर हिड्न सकिँदै भनेको सुन्छु । म आफैँ हिँड्न सक्छु किन बोक्नपर्यो ।’