काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औं महाधिवेशन मंसिरमा पोखरामा गर्ने प्रस्ताव गरेका छन् ।
बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा ओलीले आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म पोखरामा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । महाधिवेशनको मिति केन्द्रीय समिति बैठकले टुंग्याउने छ ।
जेन–जी आन्दोलन अघि र पछि अध्यक्ष ओलीलाई नेतृत्व छाड्न दबाब छ । तर, ओली भने महाधिवेशनपछि पनि फेरि अध्यक्षमै दोहोरिन चाहन्छन् ।