शनिवार, आश्विन १७ गते २०८३

प्रचण्ड भन्छन्– केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको सम्भावित एकता सम्बन्धमा स्पष्ट संकेत दिएका छन् ।

धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताएका छन् । उनले भने, ‘अबको माओवादीको लाइन भनेको चुनाव हो ।’

साथै, प्रचण्डले तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन् । एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उनले भने, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ ।’

कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताएका छन् ।

उनले भने, ‘अहिले मेरो जेन्जी युवाहरुसँग पनि छ्लफल भैरहेको छ । युवाहरुले  माओवादी सहि रहेछ भन्ने बुझ्नु भएको छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार