शनिवार, आश्विन १७ गते २०८३

तीन मिनेटमा कुरा नसकिने भन्दै लिखित पनि बुझाउँदै एमाले नेताहरू

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक हिजो (बुधबार) देखि जारी छ । ललितपुरको एक होटलमा जारी बैठकमा अहिले नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न सदस्यहरूलाई ३ मिनेटको समय छुट्याइएको छ । विगतमा केन्द्रीय सदस्यहरूको समूह विभाजन गरी धारणा राख्ने दिने गरिए पनि यसपटक समूह विभाजन गरिएको छैन् । यसैबीच आफ्ना कुराहरू तीन मिनेटमा नसकिने भन्दै नेताहरूले लिखित पनि बुझाइरहेका छन् ।

बैठक स्रोतले भन्यो, ‘धेरैजसो नेताहरूले आफ्ना कुरा तोकिएको समयमा नसकिएपछि लिखित पनि बुझाउनुभएको छ ।’  उद्घाटन समारोहमा अध्यक्ष ओलीको सम्बोधनपछि राजनीतिक प्रतिवेदन पेस भएको थियो । केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि अध्यक्ष ओलीले जवाफ दिनेछन् ।

अध्यक्ष ओलीले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा एघारौं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । यसबारे पनि केन्द्रीय कमिटीले निर्णय लिनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार