राष्ट्रपति रामचन्द्र पौडेलले सहजीकरण गरेको वार्तामा जेनजीका प्रतिनिधिहरू सहभागी भएका छन्। जेनजी समूहबाट वार्तामा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी रहेका छन्।
मन्त्रिपरिषद् विस्तार हुन नसकेका बेला जेनजी समूहबाट पनि मन्त्री बनाउन राष्ट्रपति निवासमा वार्ता आयोजना गरिएको हो।