बैठकमा केन्द्रीय सदस्यहरू डा.शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, शिवप्रसाद हुमागाँइ, राजीव कोइराला, गुरू बराल, नृपबहादुर वड लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए।
बैठकमा बोल्ने सबै सदस्यहरूले पार्टीको १५ औँ महाधिवेशनबारे स्पष्ट हुनुपर्ने धारणा राखेका थिए। यसअघि असोज २८ गतेको पहिलो बैठकमा सभापति देउवाले आफ्नो विशेष मन्तव्य राख्दै स्वास्थ्यका कारणले उपसभापति खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्नेगरी जिम्मेवारी तोकेका थिए ।