शनिवार, आश्विन १७ गते २०८३

७० औं प्रहरी दिवसमा गृहमन्त्रीको सम्बोधन- सीमित स्रोत साधनमा काम गरिरहेका प्रहरीलाई आन्दोलनले क्षति पुग्यो

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा उछृङ्खल व्यक्तिहरूको कारणले क्षति पुगेको बताएका छन् ।

७० औं प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले २३ र २४ भदौमा भएको घटना प्रहरीका जवानहरू मृत्यु भएकोप्रति दु:ख व्यक्त गरे ।

गृहमन्त्री अर्यालले भने,‘अभाव र यस किसिमको क्षतिले केवल नेपाल प्रहरीलाई मात्र होइन । नागरिक जीवनलाई समेत प्रभाव पारेको छ । सीमित स्रोत साधनमा काम गर्दै आएको प्रहरीलाई यस आन्दोलनले निकै ठूलो क्षति पुर्‍याएको छ ।’

अभाव, प्रभाव र दबाबका बावजुद प्रहरीले निभाएको भूमिकाको मन्त्री अर्यालले प्रशंसा गरे । ‘मुलुकको समृद्धि, सुशासनको आधारस्तम्भ नै सुदृढ आन्तरिक सुरक्षा हो,’ अर्यालले भने, ‘प्रविधिमा देखिएको द्रुत विकास र यसको प्रयोगले नयाँ प्रकृतिका अपराधहरू मौलाएका छन् ।

जसले गर्दा अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण बन्दै गएका छन् ।’ साधन स्रोतले प्रहरीलाई सक्षम बनाउन मन्त्रालय तत्पर रहेको उनले बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार