शनिवार, आश्विन १७ गते २०८३

आगो लागेकै रात सिंहदरबारमा दमकल पुगेको थियो : विपद् व्यवस्थापन विभाग प्रमुख जोशी

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका विपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख विष्णुप्रसाद जोशीले २४ भदौ राति नै सिंहदरबारमा लागेको आगो निभाउन दमकल पुगेको बताएका छन् ।

शुक्रबारको कार्यपालिका बैठकमा महाशाखा प्रमुख जोशीले २४ भदौको राति ८ : १५ बजे महानगरको दमकल पुगेर आगो निभाउने प्रयास गरेको बताएका हुन् । सिंहदरबारमा लागेको आगो निभाउन दमकल पठाउन गरिएका धेरै प्रयासहरू भीडका कारण असफल भएको उनको भनाइ छ ।

उनले भने, ‘सिंहदरबारको आगो निभाउन दमकल २४ भदौको राति ८ : १५ बजे पुगेको थियो । दुई दमकल पानीले आगो निभाउने प्रयास गरिएको पनि हो । यसको प्रमाणहरू सम्बन्धित निकायमा बुझाइ सकेका छौं ।’

उनले थपे, ‘आगो निभाउनका लागि विभिन्न स्थानबाट फोन आइरहेको थियो । तर, ५ वटा मात्रै दमकल हामीसँग थियो । कताकता पुर्‍याउने ?’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार