शनिवार, आश्विन १७ गते २०८३

पार्टी बैठकमा ओलीको गुनासो– सरकारले षड्यन्त्र गरेर मलाई थुन्न खोज्दैछ

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू विरुद्ध पछिल्ला दिनहरूमा कानुनी र राजनीतिक षड्यन्त्र भइरहेको बताएका छन्। केन्द्रीय समिति बैठकमा बोल्दै सरकारले आफूलाई थुन्ने प्रयास गरिरहेको बताए।

उनले भने, ‘यो सरकारले मलाई पटक पटक थुन्ने प्रयास गरिरहेको छ, त्यसका लागि मिटिङ र छलफल भइरहेको छ।’ अध्यक्ष ओलीले पार्टी नेतृत्वका रूपमा उत्पन्न आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्दै एकता, अनुशासन र विचारको स्पष्टतामार्फत पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

बैठकमा उठेका विविध प्रश्नहरूको जवाफ दिँदै आगामी चरणमा सङ्गठनलाई जनमुखी र जिम्मेवार बनाउने लक्ष्यसमेत राखे। राष्ट्रवाद, सुशासन र विकासलाई पार्टीको मूल लक्ष्यका रूपमा अघि बढाउने सङ्कल्प दोहोर्‍याए।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार