शनिवार, आश्विन १७ गते २०८३

हाम्रो बटमलाइन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग लिँदैनौं: मिराज ढुंगाना

शनिवार , कार्तिक १, २०८२

काठमाडौँ । जेन—जी अभियानी मिराज ढुंगानाले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्। शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ढुंगानाले राजनितिक दल खोल्न लागेको घोषणा गरेका हुन्।

उनले निर्वाचनमा भाग लिनको लागि मात्रै भने दल खोल्न नलागेको दाबी गर्नुभयो । आफूहरुको बटमलाईन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने उनले बताएका हुन्।

‘बटमलाईन पूरा नभई हामी चुनावमा जान तयारी छैनौं। प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा भनेको हाम्रो वान अफ द बटमलाईन हो यसलाई सुन्नैपर्छ । यो विना कतै पनि जानेवाला छैनौँ । पार्टी खोल्नुको अर्थ चुनाव लड्न होइन,' उनले भने।

प्रत्यक्ष निर्वाचित कार्यकारी आफूहरुको प्रमुख मुद्दा भएको उनको भनाइ छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार