शनिवार, आश्विन १७ गते २०८३

पार्टीभित्रको गुटबन्दी बन्द गर्दै विगतका मापदण्ड बदल्नुपर्छ : नेता भण्डारी

आइतवार , कार्तिक २, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको गुटबन्दी बन्द गर्नुर्नेमा जोड दिएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले विगतका मापदण्ड बदलेर गुटबन्दी अन्त्य गर्नुपर्ने बताए ।
उनले अब पार्टीभित्र नाटक र अलमल गर्ने समय नभएको पनि बताए ।

उनले भनेका लेखका छन्,‘विगतका मापदण्ड बदल्नु पर्दछ । गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नु पर्दछ । नाटक अब चल्दैन । नेतृत्व कसिमा उत्रनु पर्दछ । अब अलमल गर्नु हुँदैन । खरानी हात परेको छ । सफा अब गर्नै पर्दछ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार