काठमाडौँ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा आज (सोमबार) एउटा कार्गो विमान धावनमार्गबाट चिप्लिएर समुद्रमा खसेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। उनीहरू ग्राउन्ड स्टाफ थिए।
उनीहरूको गाडीसँग ठोकिँदै विमान समुद्रमा खसेको हो। सँगै गाडी पनि समुद्रमा खसेको छ। जहाजमा रहेका सबै चार जना चालक दलका सदस्य भने बाँच्न सफल भएका छन्।
उनीहरूलाई अस्पताल लगिएको छ। हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा आज एउटा कार्गो विमान धावनमार्गबाट चिप्लिएर समुद्रमा खसेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। उनीहरू ग्राउन्ड स्टाफ थिए।
उनीहरूको गाडीसँग ठोकिँदै विमान समुद्रमा खसेको हो। सँगै गाडी पनि समुद्रमा खसेको छ। जहाजमा रहेका सबै चार जना चालक दलका सदस्य भने बाँच्न सफल भएका छन्। उनीहरूलाई अस्पताल लगिएको छ।
दुर्घटनाका विषयमा विमानस्थल प्राधिकरणले सोमबार बिहान १० बजे (स्थानीय समय) पत्रकार सम्मेलन गर्ने भएको छ।