प्रधानमन्त्रीले कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपासहितका दलका नेतासँग आगामी फागुन २१ गते हुने निर्वाचन तयारीको विषयमा छलफल गर्न लागेकी उनको सचिवालयले जनाएको छ।
छलफलका लागि सबै दललाई पत्र पठाइएको र फोन गरेरसमेत जानकारी गराइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने म्यान्डेट पाएको छ। त्यसका लागि विभिन्न दलका नेतासँग अलग–अलग वार्ता तथा छलफल गर्दै आए पनि यसपटक भने उनले संयुक्तरुपमा दलका प्रतिनिधिसँग छलफल गर्न लागेकी हुन्।