शनिवार, आश्विन १७ गते २०८३

यी हुन् बालुवाटारमा जेनजी आन्दोलनका घाइतेले प्रधानमन्त्रीसँग राखेका ५ बुँदे माग

मंगलवार , कार्तिक ४, २०८२

काठमाडौँ । जेनजी आन्दोलनका घाइतेले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गर्दै ५ बुँदे माग राखेका हुन् । घाइतेहरूले गोली प्रहार गर्नेलाई कारबाही, संविधानको सुधार, आन्दोलनको संरक्षण, भ्रष्टाचारको छानबिन लगायतका माग राखेका छन् ।

प्रधानमन्त्री कार्कीले घाइतेहरूका माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएकी थिइन् । उनले जनेजी आन्दोलनले दिएको म्यान्डेटअनुसार चल्ने र सरकारले तोकेको समयमा नै निर्वाचन हुने पनि स्पष्ट पारिन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार