आइतवार, कार्तिक ९ गते २०८३

काठमाडौं महनगर कस-कसको घरमा पुग्यो बाजा बजाउन ?

बुधवार , भाद्र ९, २०७८

काठमाडौं । काठमाडौं महानगरले कर नतिर्ने व्यक्तिहरुको घरघरमा गएर बाजा बजाउन थालेको छ । यसअघि नै तय गरिएको कार्यक्रम अनुसार महानगरले घरजग्गा र सम्पत्ति कर तिर्न अटेरी गर्ने करदाताको घरमा गए बुधबारबाट बाजा बजाउन सुरु गरेको हो । उनिहरुलाई कर तिर्न दवाव दिन यस्तो जुक्ति महनगरले लगाएको हो । 

बुधबार पहिलो चरणमा महानगरले काठमाडौंको न्यूरोड, खुसुबु नयाँ बजार, सोल्टीमोड लगायतका क्षेत्रमा पन्चेबाजासहित करदाताको घरदैलो गरेको हो । महानगरले २-३ वर्ष देखि २८ वर्षसम्मको घर/जग्गाको कर नतिर्ने ७० करदाताको नामनै सार्वजनिक गरेर कर तिर्न ताकेता गरेको थियो ।

mahanagar-baja.jpgत्यसमध्ये कतिपय करदाता सम्पर्कमा आई कर तिर्ने प्रक्रियामा गएको भएपनि अझै धेरै करदाता सम्पर्कमै नआएकोले बाजागाजासहित घरदैलोमै पुगेको जनाएको छ  ।  घरजग्गा तथा सम्पत्ति कर नतिर्नेमा स्वास्थ्य राज्मन्त्रि उमेश श्रेष्ठ सहित कर नतिर्नेहरूको सूचीमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालदेखि व्यवसायी अजेय राज सुमार्गीसम्मको नाम छ ।

त्यस्तै नेपाल विद्युत प्राधिकरण, खाद्य संस्थान, साझा भण्डार, राष्ट्रिय नाँचघर, कर्मचारी सञ्चयकोष लगायतका सरकारी तथा सार्वजनिक निकाय तथा संस्थानले पनि कर तिर्न अटेरी गरेको महानगरपालिकाले जनाएको छ । ती करदाताबाट करीब ७० करोड रुपैयाँ सम्पत्ति कर उठाउन बाँकी रहेको महानगरले जनाएको छ । 


 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार