शनिवार, आश्विन १७ गते २०८३

जेनजीसँग मिलेर चुनावमा जाने प्रचण्डको धोको, जेनजी सहमत होलान् ?

बुधवार , कार्तिक ५, २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी र जेनजी मिलेर चुनाव लड्नुपर्ने बताएका छन्। महोत्तरीमा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  

‘जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ र मात्रै जेनजीका माग पूरा हुन सक्छन्। अरू कसैले जेनजीका माग पूरा गर्दैनन्’ उनले भने। 

माओवादीले विगतदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रको मुद्दा उठाउँदै आएको भन्दै उनले जेनजीको भावना अरुले बुझ्न नसक्ने बताए।  

‘जो प्रत्यक्ष निर्वाचित कार्यकारीको विरुद्धमा छ, जो पूर्ण समानुपातिक निर्वाचन प्रणालीका विरुद्धमा छ, जो समावेशी लोकतन्त्रको विरुद्धमा छ, उनीहरूले जेनजीको भावनालाई बुझ्न सम्भव छैन,’ उनले भने।

जेनजीहरूलाई मित्र र बैरी चिन्न पनि प्रचण्डले आग्रह गरे। तर, फागुन २१ गते हुने निर्वाचनमा जेनजीहरु माओवादीसँग मिलेर चुनावमा जाने सम्भावना भने कम छ । किनकी प्रचण्ड पटक पटक कांग्रेस एमालेसँग छलकपट गर्दै सत्ताको स्वाद चाख्दै आइरहेका नेता हुन् । प्रचण्ड जतिबेला पनि रंग फेर्छन । अहिले जेनजीहरुको माहोल भएकाले उनले जेनजीलाई फकाउने प्रयास गरिरहेका छन् । तर, प्रचण्डका जालमा जेनजी पर्ने सम्भावना भने छैन । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार