काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई वेस्ट बैंकमाथि केही पनि गर्न नदिने बताएका छन् ।
इजरायलले वेस्ट बैंकलाई गाभ्ने तयारी गरेपछि ट्रम्पको यो अभिव्यक्ति आएको हो । ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरुसँग भनेका छन्, ‘वेस्ट बैंकको चिन्ता नगर्नुस् । इजरायलले वेस्ट बैंकका साथ केही गर्दैन ।’
इजरायली संसद्ले वेस्ट बैंकमाथि इजरायली कानुन लागू गर्ने प्रस्तावलाई प्रारम्भिक अनुमति दिएको छ । संसद्ले दिएको यो अनुमतिलाई वेस्ट बैंक इजरायलमा गाभ्ने पहिलो कदमका रूपमा लिइएको छ ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि राष्ट्रपति ट्रम्पको नीति दोहोर्याउँदै भने, ‘यदि, यो कुनै राजनीतिक स्टन्ट थियो भने मूर्खतापूर्ण हो । राष्ट्रपति ट्रम्प वेस्ट बैंकलाई इजरायलमा मिलाउने प्रयासको विरूद्धमा हुनुहुन्छ ।’