काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एकता नजिक पुगेका छन्।
एकीकृत समाजवादीका नेता बेदुराम भुसालका अनुसार अहिले दस्तावेज आदान–प्रदान गर्ने र धेरै विषयमा सैद्दान्तिक सहमित जुटिसकेको छ । ‘छलफल चलिरहेको छ, दस्तावेज आदान–प्रदान कुरा भइरहेको छ,’ एकीकृत समाजवादीको वार्ता कार्यदलका संयोजक रहेका भुसालले भने।
राष्ट्रिय सम्मेलन गरेर दल दर्ताको समयअघि नै पार्टी एकता घोषणा हुने छ। निर्वाचन आयोगले फागुन २१ गते हुने चुनावका लागि मंसिर १० गतेसम्मको समय तोकेको छ।
एकतापछि बन्ने पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद र लेलिनवाद रहने छ। त्यस्तै पार्टीको लक्ष्य वैज्ञानिक समाजवाद बनाउने संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता रहने छ।