काठमाडौँ । व्यवसायी तथा राजसंस्था फर्काउ अभियानमा लागेका दुर्गा प्रसाईंले वर्तमान सरकारले आफूहरूलाई वार्ताका लागि बोलाएको हो भने त्यसको स्वागत गर्ने बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने हामी यसको स्वागत गर्दछौँ। जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ।’
उनले वार्ताको निम्तो मात्रै होइन, राष्ट्र र नागरिकको हित सुनिश्चित गर्ने ठोस समाधान अब देशले चाहेको समेत बताए ।
यसअघि गृह मन्त्रालयले कुनै पनि मागमा वार्ता र संवादमार्फत समाधार खोज्न सबैमा अनुरोध गरेको थियो ।