काठमाडौँ । दलित अभियन्ता खगेन्द्र सुनार मन्त्री बन्ने भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा खगेन्द्रलाई नियुक्त गर्ने तयारीमा भएको हो । सुनार केही समयदेखि दलित अभियान सञ्चालन गरेर चर्चामा छन्।
उनले समाजमा भएका घटनालाई उचालेर आफू लोकप्रीय बन्न खोजेको पनि देखिन्छ । केही समय आगडि डडेल्धुराको परशुराम नगरपालिकामा वडाअध्यक्ष र एक युवाबीच विवाद भएको घटनालाई लिएर सामाजिक सञ्जालमा खगेन्द्रले उत्तेजित स्टाटस लेखेका थिए । दलितले बाटो काटोको भन्दै वडाअध्यक्षले ती युवामाथि कुटपिट गरेको उनले दाबी गरेका थिए । तर, खगेन्द्रको उक्त दाबी झुटो थियो ।