आइतवार, कार्तिक ९ गते २०८३

कालीकोटमा पहिरोले पुरिएर महिलाको मृत्यु, कर्णाली राजमार्ग अवरुद्ध 

बुधवार , भाद्र ९, २०७८

काठमाडौं । कालीकोटमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । पहिरोले कर्णाली राजमार्ग पनि अवरुद्ध भएको छ । कर्णाली राजमार्ग अन्तरगत कालीकोटको शुभकालीका गाउँपालिका-१ कालेखोलामा गएको पहिरोमा पुरिएर स्थानिय २५ वर्षीया विमला सुनारको मृत्यु भएको हो ।

पहिरोसहित झरेको ढुंगाले च्यापिएको अवस्थामा भेटिएकी सुनारलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल कालीकोट लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले जानकारी दिए ।

पहिरोका कारण बुधबार विहानैदेखी सुर्खेत-जुम्ला जोड्ने कर्णाली राजमार्ग अवरुद्ध बनेको प्रहरी प्रमुख शाहले बताए । वर्षाले राजमार्गको दुई ठाउँमा पहिरो गएको जनाइएको छ  ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार