शनिवार, आश्विन १७ गते २०८३

छठका सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु : गगन थापा

सोमवार , कार्तिक १०, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यस वर्ष छठ पर्वका सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी गराउँदै निमन्त्रणा गर्नेहरूसँग क्षमा मागेका छन्। यसपटक दसैँ, तिहार र नेपाल संवतमा जस्तै छठ पर्वका पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने थापाले बताएका छन्।

छठको शुभकामना दिँदै उनले यसका लागि सम्बन्धित पक्षसँग माफी मागेका हुन्। 'छठ पर्वको हार्दिक शुभकामना! यो वर्ष दसैँ, तिहार र नेपाल संवत्‌जस्तै छठका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु। मलाई निम्तो गर्नु भएका काठमाडौं र मधेशका सबै छठ आयोजक मित्रहरूलाई हार्दिक आभार प्रकट गर्दछु। अर्को वर्ष सँगै छठ मनाउने अभिलाषासहित छठी माईको दिव्य आशीर्वाद सबैमा रहोस्', उनले भनेका छन्।

गत भदौमा भएको जेनजी आन्दोलनयता कांग्रेसको बैठकबाहेक महामन्त्री थापा सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार