शनिवार, आश्विन १७ गते २०८३

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

सोमवार , कार्तिक १०, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाण्डुको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन् । सोमबार छठ पर्वको मुख्य दिन प्रधानमन्त्री कार्कीले कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाईको पूजा गरेकी हुन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरेका थिए । छठ पर्वका अवसरमा सोमबार अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन काठमाण्डुका विभिन्न पोखरी र नदी किनारका छठ घाट भव्य रूपमा सजाइएको छ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथली लगायत काठमाण्डु उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार