बिहिवार, आश्विन १५ गते २०८३

चौथो दिनपनि घट्यो सुनको भाउ, तोलाको कतिमा झर्यो ?

बुधवार , कार्तिक १२, २०८२

काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको भाउ घटेको छ ।मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३६ हजार ३०० रुपैयाँ मा करोबार हुने नेपाल नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ लगातार घटिरहेको छ । यस्तै आज चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर प्रतितोला २ हजार ९ सय ६५ रुपैयाँ पुगेको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार