आइतवार, श्रावण २४ गते २०८३

मनाङमा हिउँमा फसेका १५०० जनाको उद्धार

बुधवार , कार्तिक १२, २०८२

काठमाडौँ । भारी हिमपातका कारण मनाङका विभिन्न स्थानमा फसेका १ हजार ५ सय जनालाई नेपाली सेनाको नेतृत्वमा उद्धार गरिएको छ। 

नेपाली सेनाले बुधबार बिहान दिएको जानकारीअनुसार मनाङ जिल्लाका तिलिचो, खाङ्गसार, पिसाङ, अप्पर मनाङ तथा हुम्दे इलाकाहरूमा मंगलबारदेखि भएको भारी हिमपातका कारण विभिन्न स्थानमा फसेका २०० भन्दा बढी विदेशी पर्यटकसहित करिब १५०० जनालाई उद्धार गरिएको हो। 

स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानीयको सहकार्यमा मनाङस्थित नेपाली सेनाको नयाँ भैरवी दल गुल्मबाट खटिएको उद्धार टोलीले उनीहरूको उद्धार गरेको हो।  

 

प्रतिक्रिया
सम्बन्धित समाचार