शनिवार, आश्विन १७ गते २०८३

मंसिर ७ देखि आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा, कर्मचारी र प्रहरीलाई बिदामा बस्न आग्रह

बुधवार , कार्तिक १२, २०८२

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग छलफल गरेको छ। 

उनले आन्दोलन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म सबै बन्द हुने बताए। व्यवस्था परिवर्तनको गर्नको लागि आन्दोलन गर्न लागेको उनको भनाई छ। 

प्रसाईंले सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न आग्रह गरे। आन्दोलनको बारेमा आयोगलाई पनि अग्रिम जानकारी गराएको उनले जानकारी दिए।

उनले आन्दोलनको समयमा निजामती कर्मचारी र प्रहरीलाई बिदा बस्न अनुरोध गरे। आयोगले बुधबार प्रसाईसँग छलफल गरेको हो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार