शनिवार, आश्विन १७ गते २०८३

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

बुधवार , कार्तिक १२, २०८२

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने निर्णय गरेको हो ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिँदैछ। उक्त रिक्त पदपूर्तिका लागि एक महिनाअघिनै निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ।

यस्तै बैठकले राष्ट्रपति रमाचन्द्र पौडेलेको कतार भ्रमण समेत स्वीकृत गरेको छ । कतारको दोहामा आयोजना हुने सामाजिक विकासको लागि दोस्रो विश्व शिखर सम्मेलन कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेलको नेतृत्वमा कार्तिक १७ गतेदेखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत भएकाे हाे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार