शनिवार, आश्विन १७ गते २०८३

माओवादी र नेकपा एसको एकतापछि बन्ने पार्टीको नाम नेकपा समाजवादी, चुनाव चिन्ह तारा राख्न प्रस्ताव

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । नेकपा एसको तेस्रो पूर्ण बैठकको पहिलो दिन पार्टी एकताका निम्ति गठित कमिटीका संयोजक डा बेदुराम भुसालले एकता प्रगतिबारे ब्रिफिङ गरेका छन् ।

विभिन्न वाम, प्रगतिशील शक्तिसँग पार्टी एकताका निम्ति वार्ता गर्न दिइएको म्याण्डेडबमोजिम भएका वार्ता विवरण उनले पेश गरेका थिए ।

भुसालका अनुसार नेकपा माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा, अशोक राई नेतृत्वको जसपा, डा बाबुराम भट्टराईबाट अगल भएका महिन्द्रराय यादव, प्रेमबहादुर सिंहको समूह, नेकपा समाजवादीका नाममा निर्वाचन आयोगमा दर्ता रहेको राजु कार्की र चुनाव चिह्न तारासहित निर्वाचन आयोगमा दर्ता भएको दलका अध्यक्ष सुवाससँग वार्ता भएको छ ।

एकतापछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी समाजवादी र चुनाव चिह्न तारा राख्न उपयुक्त हुने प्रस्ताव उनले राखेका छन् । यद्यपि, नाम र चुनाव चिह्नको विषयले माओवादी केन्द्र र अन्य दलबीचको छलफलपछि अन्तिम रुप लिने उनको धारणा छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार