आइतवार, श्रावण २४ गते २०८३

आज राति नेपाल आइपुग्दै शक्तिसाली ‘मोन्था चक्रवात, यी पाँच प्रदेशमा पर्नेछ प्रभाव, २ दिनसम्म यात्रा नर्ग सरकारको आग्रह

बुधवार , कार्तिक १२, २०८२

काठमाडौँ । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था को प्रभाव नेपालमा आज रातिदेखि पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबारदेखि चक्रवात मोन्था झनै शक्तिसाली हुने मौसमविद्हरुको आकलन छ । मोन्था मंगलबार राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गरेको थियो ।

अहिले मोन्था बिस्तारै कमजोर हुँदै उत्तर पश्चिम दिशामा सर्दै छ। यस क्रममा यो न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्य भूभागनजिक आई पूर्वतर्फ सर्नेछ र आज  रातिदेखि नै यसको प्रभाव लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती, मधेस र कोसी प्रदेशको मौसममा पर्ने मौसमविद्हरुले जानकारी दिएका छन् । नेपालमा मोन्था शनिबारसम्म रहने पूर्वानुमान छ ।

यस अवधिमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।  कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका धेरै स्थान, कर्णाली प्रदेशका केही स्थान तथा बाँकी पहाड र  हिमाल भूभागका एक-दुई स्थानमा मध्यम हिमपात हुने सम्भावना छ।  

साथै कोसी प्रदेश र बागमती प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका एक दुई स्थानमा भारी हिमपात तथा कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। 

जसका कारण दैनिक यातायात, हवाई लगायत जनजीवन, कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ। सरकारले दुई दिनसम्म अत्यावश्यक कामबाहेक यात्रा नर्गन आग्रह गरेको छ । किनकी नेपालमा आज रातिदेखि सक्रिय भएको मोन्थाले भिषण वर्षा गराउन सक्ने छ ।

के हो त चक्रवात मोन्था भनेको ?

चक्रवात भनेको सामृद्रिक आँधी हो । चक्रवातले २०० देखी ३०० सय किलोमिटर सम्मको रेडीयस बनाएर घुम्छ । यो एकदम शक्तीशाली हुन्छ ।

चक्रवात भनेको जहाँ वायुमण्डलीय चाप कम छ त्यहाँ धेरै कडा हावाहरू एक ठाउँमा जम्मा हुन्छ । तिनीहरू ठूलो घेरामा अघि बढ्छन् र आफैँ वरिपरि घुम्छन् । यहि चक्रवात मोन्था भारत हुँदै आज राति नेपाल आइपुग्ने भएको हो । त्यसैले भिषण वर्षाको सम्भावना रहेकाले सबैले सतर्कता अपनाउनुहोला । 

प्रतिक्रिया
सम्बन्धित समाचार