सत्ता गठबन्धनमा सहभागी दलको बुधबार जनकपुरमा बसेको बैठकले कात्तिक २२ गते मुख्यमन्त्री सोनलले प्रदेशसभाबाट विश्वासको मत लिने निर्णय गरेको हो।
मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ। लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा गएको असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
प्रदेश सभाका पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोनललाई अहिले साना दुई दलले पनि समर्थन गरेका लोसपाका महासचिव परमेश्वर साहले जानकारी दिए।
मुख्यमन्त्री नियुक्त हुँदा सोनललाई जसपा नेपाल, जनमत, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन जनाएका थिए।