‘गृहमन्त्री अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका विवरणहरु भ्रमपूर्ण हो, विज्ञप्तिमा भनिएको छ ।
‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन’, विज्ञप्तिमा उल्लेख छ ।
जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप वर्तमान सरकार गठन भएको भन्दै सचिवालयले अहिलेको असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहेका उल्लेख गरेको छ ।
यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई प्रमुख स्वकीय सचिव श्रेष्ठले अनुरोध गरेका छन् ।