शनिवार, आश्विन १७ गते २०८३

झलनाथ खनालले कमिटी बैठकमै मागे पार्टी अध्यक्ष नेपालको राजीनामा

बिहिवार , कार्तिक १३, २०८२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा मागेका छन् ।बिहीबार केन्द्रीय कमिटी बैठकमा बोल्दै खनालले भ्रष्टाचार मुद्दा लागेकाले नेपालले पदवाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

खनालले बैठकमा भने ‘हाम्रो अध्यक्षलाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको छ, उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ।’

खनालले आफू नेकपा माओवादीसँगको एकताको पक्षमा नभएको स्पष्ट पारे । उनले भने, ‘अहिले हाम्रो पार्टी माओवादीमा एकता गर्ने हो भने एमालेसँग विद्रोह गरेको जायज थियो भन्ने पुष्टि हुँदैन।’ उनले बैठकमा माओवादीसँग एकता गरेर जनयुद्धको समयमा ज्यान गुमाएकाहरूको जिम्मा लिन नसकिने बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार