काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।उनले घोषणा गरेको नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी नेपालले दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएका हुन्।
उक्त पार्टीको चुनाव चिह्न जाँतो प्रस्ताव गरिएको चौधरीको भनाइ छ। यसअघि चौधरी संरक्षक रहेको नागरिक उन्मुक्तिको चुनाव चिह्न भने ढकिया थियो।
चौधरीले भदौ २९ गते नयाँ पार्टी गठनको घोषणा गरेका थिए। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूलाई जानकारी नदिई पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेको भन्दै संरक्षक रेशमलाल रुष्ट बनेका थिए।