शनिवार, आश्विन १७ गते २०८३

शेखर कोइरालाले महाधिवेशनको विषयमा आफूनिकट पदाधिकारीहरुसँग छलफल गरे

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा आफू निकट पदाधिकारीहरूसँग छलफल गरेका छन् ।

महाधिवेशनको मितिका विषयमा पार्टीभित्रको विवाद पेचिलो बनेका बेला शुक्रबार बिहान उनले छलफल गरेका हुन् । कोइरालाले आफ्नो सम्पर्क कार्यलय विशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग छलफल गरेका हुन् ।

विशेष महाधिवेशनको पक्षमा रहेका थापा बिहीबारको केन्द्रीय समिति बैठकमा सहभागी थिएनन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार